गुल्मी : गुल्मीमा मंसिर १ गतेदेखि परिवारको सम्पर्कमा नरहेका व्यक्ति बिहीबार मृत फेला परेका छन्।जिल्लाको इश्मा गाउँपालिका-२ घर भई हाल रेसुंगा नगरपालिका-२ मा बसोबास गर्दै आएका ६२ वर्षीय थानेश्वर सारु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।सारुको शव रेसुंगा नगरपालिका वडा नं ३ भाडगाउँको पहिरोमा बाटोदेखि करिब ३० मिटरमुनि फेला जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।सारुको शवको गुल्मी अस्पतालमा पोष्टमार्टम गरी बिहीबार नै आफन्तको