गृहमन्त्री खाँणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज)  उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटे बजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भीरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।  करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४

सम्बन्धित सामग्री

नवनिर्मित मेलम्ची पुलको उद्घाटन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ चनौटेमा ९० लाख ५३ हजार रुपैयाँ लागतमा निर्मित पुल सञ्चालनमा आएको छ । गृहमन्त्री बालकृष्ण खाँणले शनिवार एक कार्यक्रमबीच उक्त पुलको उद्घाटन गरेका छन् । गत असार १ गतेको बाढीले चनौटेको रातोपुलमा क्षति पुर्‍याएको थियो भने साउन १८ को बाढीले पुल नै बगाएको थियो । पुल बगाएपछि त्यस भेगका करिब १५ हजार स्थानीय प्रत्यक्ष मारमा परेका थिए । अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा लिएको थियो । करिब ९ सातामा तयार गरिएको पुल गृहमन्त्री खाँणले उद्घाटन गरेलगत्तै प्रधान सेनापति प्रभुराम शर्माको रोहवरमा सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८ दशमलव ७७ मिटर लम्बाइ र ४ दशमलव २० मिटर चौडाइ रहेको पुलको भारवहन क्षमता २४ टन रहेको छ । सवारी सुरक्षाको दृष्टिकोणले पुलमा अधिकतम १० किलोमिटर प्रतिघण्टाको गति तोकिएको छ । पुलमा एकपटकमा एकतर्फी सवारीसाधनमात्र चल्न सक्ने नेपाली सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिए । दैनिक ६० जना सैन्य जनशक्तिले ६४ दिनमा पुल तयार पारेको उनले जानकारी दिए । पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले हेलम्बु–मेलम्चीमा आएको बाढीले भएको जनधनको क्षतिले राष्ट्रलाई ठूलो घाटा पुर्‍याएको बताए । अहिले पुल बनेकाले बाढी पीडितलाई केही मात्रामा भए पनि राहत मिल्ने अपेक्षा उनको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पुलले स्थानीय बासिन्दालाई सहज हुनुका साथै पर्यटकको आवतजावत समेत बढ्ने बताए । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको सो पुल सञ्चालनमा आएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्ची नगरपालिकाका–७ र ८ का साथै पाँचपोखरी गाउँपालिका– १, २ वडा लगायत ठाउँमा यातायात सहज हुने भएको छ ।

गृहमन्त्री खाणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन्। गत साउन १६ र १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो। हेलम्बु गाउँपालिका– २ र...