प्रचण्डलाई हेप्ने ? डिस हान्ने ?

‘हेप्ने ? डिस हान्ने ?’ भन्ने यो शब्दावली सामाजिक सञ्जाल, खास गरी टिकटकमा ट्रोल बनेको धेरै भइसक्यो । नेकपा एमालेका पूर्व मन्त्री गोकुल बाँस्कोटाको शब्द र स्वरमा भाइरल बनेको शब्दावली हो – हेप्नी ? डिस हान्ने ? म कोल्याप्स गर्दिन्छु नि फेरि !अघिल्लो साता यस पंक्तिकारसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन र यसको नेतृत्वलाई हेप्ने, अपमान गर्ने र माओवादी पार्टीलाई नै सिध्याउन खोज्ने संसद्वादी शक्तिहरूले नियत राखेका कारण देश अगाडि ब