आफ्नै नायकत्वमा करिअरको अन्तिम विश्वकपको अन्तिम खेल खेल्न मैदा प्रवेश गर्न लागेका मेस्सीसँग विश्वस्तरको डिफेन्ससहित युवा खेलाडी, अनुभवी सहकर्मी, पेनाल्टी विज्ञ गोलकिपरको साथ छ । र, त्यसलाई साथ दिइरहेका मुख्य तीनवटा पक्ष छन्, उत्कृष्ट प्रशिक्षक, एकताबद्ध टोली र आत्मविश्वास सहितको जितको भोक । मेस्सीको अर्जेन्टिनालाई रोकेर विश्वकप जित्न फ्रान्सेली टोलीलाई कठिन मात्रै होइन नै असम्भव जस्तै छ ।