नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोनको ग्राहक संख्या कति छ ?

असोज ४, काठमाडौं । नेपालमा ल्यान्डलाइन टेलिफोनको प्रयोगकर्ताहरु वर्षेनी घट्दै गएका छन् । बढ्दो उच्चतम प्रविधिको विकास तथा विस्तारसँगै ल्यान्डलाइन टेलिफोनको प्रयोगकर्ता घट्दै गएका हुन् । नेपालमा ल्यान्डलाइन  टेलिफोनको वितरक नेपाल टेलिकम मात्र हो ।  नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपाल टेलिकमको ल्यान्डलाइन सेवामा ५ लाख ६३ हजार ४६५ ग्राहक मात्र बाँकी छन् । त्यसो त तीन वर्षअघि भने  यो सेवामा ६ लाख ८६ हजार ७६२ ग्राहक रहेका थिए ।  गत वर्ष भने ल्यान्डलाइनको प्रयोगकर्ता ६ लाख ६४ हजार ३४२ रहेका थिए । नेपाल टेलिकमले ल्यान्डलाइनका ग्राहकको संख्या लगातार घट्न थालेपछि टेलिफोनसहित इन्टरनेट र टेलिभिजन एउटै तारबाट उपलब्ध गराउन  थालेको छ ।  हाल कम्पनीले एउटै फाइबरबाट इन्टरनेट, ल्यान्डलाइन सेवा दिन थालेको छ । फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ल्यान्डलाइन टेलिफोन सेवासमेत लिने भन्दै  देशव्यापी रुपमा बजार विस्तार गरिरहेको कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

पडकास्ट: यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्ने? कसरी घटाउने १३,८५० डलर?

अमेरिकामा जनवरी २९ देखि ट्याक्स फाइल सिजन सुरु भइसकेको छ । यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्नुपर्छ? कति आम्दानी हुनेहरुले ट्याक्स फाइल गर्नुपर्छ? स्ट्याण्डर्ड डिडक्सनमार्फत करयोग्य कति आम्दानी घटाउन सकिन्छ? पेपल लगायतका एप्लीकेशनबाट गरेको आम्दानी रिपोर्ट गर्नुपर्छ कि पर्दैन? उपहारबाट पाएको रकम र अन्य आम्दानीमा ट्याक्सको नियम के फरक छ ? आईआरएसको फन्दामा नपर्न […]

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँ : सांसद देवकोटा

काठमाडौँ : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने निर्धारण हुन जरुरी रहेको बताएका छन्।बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भने पनि काम हुन नसकेको बताए। उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीजरल्याण्डको रहेको बताए।देवकोटाले भने,

गाल्ने कुरा कति

आफ्नो नाक काट्दै टाल्ने कुरा कति गए जान्छ इज्जत फाल्ने कुरा कति।।   कोहि भन्ने फू गरि उडाइ दिन्छौँ अब बल्ल बल्ल ठडिएको ढाल्ने कुरा कति।।   बिनासित्ति खेदो खन्छन् आजकल किन सानो निउमा सडकमा बाल्ने कुरा कति।।   घ्यूका ठेकि आफै सँग जता बाँडौँ खुसि काँधमा थैलो बोक्नेतिर हाल्ने कुरा कति।।   नदिउँ भने […]

आग्लो खान्छन् कति

पाँच वर्षका पाहुना कस्ले मान्छन् कति नचिनेको हजुर भनि हात तान्छन् कति।। गएपछि यता गाउँमा आउने कुरा छैन दाउपरे भाग खान कता जान्छन् कति।। मुख हेर्दा उहि पुरानो चिने जाने जस्तो हेर्दा हेर्दै ढ्वाङ भरि उतै लान्छन् कति।। भर्खर सम्म म्याउम्याउ स्वर सानो पारी फेरि अहिले आफूलाई ढाडे ठान्छन् कति।। सुम्सुमाइ चिल्लो घसि माया गरे […]

नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?

केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै… Continue reading

हामी कति भाग्यमानी!

आहा! हामी कति भाग्यमानी, अरूकै भरमा चल्छ यो जिन्दगानी।  काम होस् या माम, अर्को कै भर पर्नुरहेछ। आफ्नो त के छ र, सुन्दर, शान्त विशाल देश महान!

वार्षिक कति कमाउनेले कति कर तिर्ने ? हेर्नुहोस् पूरा विवरण

काठमाण्डाै - सरकारले नागरिकबाट कर असुल्छ भन्ने जानकारी भए पनि कति कमाइ गर्दा कति कर तिर्नुपर्छ भन्नेमा धेरै जना अन्योलमै रहेको पाइन्छ ।विशेषगरी आयकरका दरबारे नागरिकले जान्नैपर्ने हुन्छ । सरकारले वार्षिक चार लाख रुपैयाँसम्म कमाउनेहरुसँगबाट एक प्रतिशत मात्रै कर लिन्छ । त्यसपछि जति धेरै आम्दानी हुँदै जान्छ त्यति धेरै नै कर तिर्नुपर्ने हुन्छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै कमाउनेले त ३६ प्रतिशतभन्दा धेरै आयकर सरकारलाई बुझाउनुपर्छ ।आउँदो आर्थिक वर्षदेखि कति कमाइ हुँदा कति कर तिर्नुपर्छ भन्ने पूरै जानकारी यसप्रकार छ ।