कार र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

तुलसीपुर : दाङमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा २ जना घाइते भएका छन्। शनिबार बेलुका करिब ६ बजेतिर तुलसीपुरबाट दुधरासतर्फ गइरहेको से ६ प ८९७८ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १३०६ नम्बरको कार एकापसमा ठोक्किएका हुन्।दुर्घटनामा परेर घाइते हुनेमा कैलाली घर भई हाल दुधरासको सिमेन्ट उद्योगमा काम गर्दै आएका मोटरसाइकल चालक ३५ वर्षीय मानसिंह राना र मोटरसाइकलको पछाडि सवार ३२ वर्षीय मुकेश चौधरी रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलस