एमाले उम्मेदवार शिल्पाको किर्ते प्रकरणमा सर्वोच्चमा आज सुनुवाइ

विराटनगर : विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निरौला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाई आज हुने भएको छ।कार्कीले किर्ते कागजात पेश गरेकोले उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा दायर भएको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय आजको इजलासले गर्नेछ। उम्मेदवारी खारेज गर्न माग दायर रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा परेको छ। यसअघि वैशाख २२ गते न्यायाधीश ह