काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुगु र कास्की दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार विहान प्रेस नोट जारी गर्दै उपराष्ट्रपति पुनले ठूलो मानवीय क्षति हुने गरी मुगु र कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।'नेपालीहरुको महान् चाड दसैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगु निवासीको दसैँको फुलपातिको दिन दुर्घटनामा निधन भएको र दसैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित ८ जनाको असोज २५ गते कास्कीमा सडक दुर्घटनामा निधन भएकोमा स