शिक्षकको तलब संघीय सरकारबाटै उपलब्ध गराउन माग

काठमाडौं : नेपाल शिक्षक महासंघले तोकिएको शिक्षक,कर्मचारीको पारिश्रमिक संघीय सरकारबाटै उपलब्ध गराउन माग गरेको छ। स्थानीय तहले समयमा तलब उपलब्ध नगराएको भन्दै महासंघले आव २०७९/८० बाट नै उपलब्ध गराउन माग गरेको हो।महासंघकी अध्यक्ष कमला तुलाधरले २०७८/७९ को बजेटमा तोकिए बमोजिम विद्यालयका लेखापाल र कार्यालय सहयोगीको पारिश्रमिक संघीय सरकारबाट उपलब्ध गराउनुपर्ने माग गरिन्।त्यस्तै,महासंघले शिक्षक अस्पतालको लागि आवश्यक बजेट प्रबन्ध गर्ने,शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत लगानीको प्रबन्ध गर्न