राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले अब घाटामा गएको कम्पनीलाई आईपीओ जारी गर्न नदिने स्पष्ट नीति लिएको बताएका छन् । निजी क्षेत्रसँगको छलफलमा उनले आईपीओको विषयमा सरकार ‘निर्मम’ रहने उल्लेख गर्दै घाटामा रहेका कम्पनीमा सर्वसाधारणको लगानी जोखिममा पार्न नसकिने स्पष्ट पारे । ‘घाटामा गएको कम्पनीलाई आईपीओ जारी गर्न दिएर जनताको पैसा डुबाउन सकिँदैन,’उनले भने […]
कानुनविपरीत दोहोरो सुविधा लिएका प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि उजुरी परेको हेलो सरकार स्रोतले पुष्टि गरेको छ ।
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पुनर्विचारका लागि आइतबार सरकारलाई फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा पेश गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचार गर्न सरकारतर्फ पठाइएको हो। विज्ञप्तिमा यसअघि त्यही विषयको विधेयक २०८२ असार २५ गते […]
रसुवा– गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समन्वय र सहकार्य बढाउने उद्देश्यले निर्माणाधीन गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गको स्तरोन्नति तीव्रताका साथ अघि बढेको हो । दुई देशबीचको व्यापार, पर्यटन तथा सीमावर्ती क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको यो सडकलाई नेपाल-चीनबीचको मैत्रीपूर्ण जीवनरेखा मानिएको […]