चाँगुनारायण तथा ख्वप अस्पताललाई रु ३०/३० लाख सहयोग

भक्तपुर । उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०/३० लाख सहयोग गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि रु ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन […]