राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दल र ती दलका नेताका कारण मुलुकको अवस्था गम्भीर हुन पुगेको बताएका छन् । सोमबार भैरहवामा आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले यतिबेला मुलुकका तीनवटै अङ्गले काम नगरेको बताए ।