विश्वलाई दुई भागमा विभाजन गर्न जोगाउन चीन र अमेरिकालाई वार्ता गर्न राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चीन र अमेरिकालाई वार्ता गर्न आह्वान गर्नुभएको छ । राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गर्नुभएको हो । चीनसँग वासिङ्टनको वर्षौँ पुरानो प्रविधि विवादका विषयमा गुटेर्रेसले आफू सधैँ एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको पक्षमा रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विश्वलाई दुई भागमा विभाजन गर्नबाट जोगिनुपर्नेमा उहाँको जोड छ । हरेक राष्ट्रको आफ्...