काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अग्रता जोगाउन नसक्दा चेल्सीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । इत्तिहाद रंगशालामा आइतबार राति भएकाे खेलमा सिटीका लागि तिज्जानी रेइजन्डर्स र चेल्सीका लागि इन्जोे फर्नान्डेजले गोल गरेका हुन् । खेलको ४२औं मिनेटमा रेइजन्डर्सको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर, अन्त्य तिर सम्हालिन नसक्दा टोली अंक बाँड्न […]
२१ पुस, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलअन्तरले हराएको हो ।
रियलको जितमा गोन्जालो गार्सियाले ह्याट्रिक गरे भने राउल एसेन्सियो …
प्रचलित कानुनअनुसार अति गरिबको परिचयपत्र प्राप्त व्यक्ति, अति अशक्त, अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल प्रकारका क्षयरोगी तथा ७० वर्षभन्दा माथिका नागरिकको योगदान रकम सरकारले नै व्यहोर्ने व्यवस्था छ। त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र उहाँको परिवारका लागि कुल योगदान रकमको ५० प्रतिशत सरकारले व्यहोर्छ।
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो । कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र […]