साइबर ब्युराेकै नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।