मकवानपुरमा मालपोत र नापी  कार्यालय पनि बन्द

मकवानपुर : मकवानपुरमा आज बिहीबारबाट मालपोत र नापी कार्यालय बन्द हुने भएका छन्।कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने भएकाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार यी कार्यालय बन्द हुने भएका हुन्।सेवाग्राहीको भिड हुने कार्यालयमा संक्रमण हुने जोखिमबाट सुरक्षित रहनका लागि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यी कार्यालय बन्द गर्ने निर्णय गरिएको हो। कार्यालयमा सेवाग्राहीको भिड नहोस् भन्नका लागि बन्द गरिए पनि आन्तरिक कार्यहरू भने हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी