पोखरालाई ‘होम ग्राउन्ड’ मानेको मनाङ मर्स्याङ्दी क्लबले पुस ३ मा सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं चरणमा पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लिग इतिहासमै पहिलोपल्ट राजधानीबाहिर हुन लागेको हो । पोखरा रंगशाला फुटबल मैदानमा लिग तीन खेल हुनेछ । मनाङले पुस १७ मा लिगको सातौं चरणअन्तर्गत ब्रिगेड ब्वाइजसँग खेल्ने छ । आठौं चरणमा अन्तिम खेल पुस २४ मा मनाङ र च्यासल युथ क्लबबीच हुनेछ ।