भारतमा भाजपा र कांग्रेसले एकअर्कामाथि सीबीआईसहित अन्य केन्द्रीय अनुसन्धान एजेन्सीको गलत प्रयोग गरेको आरोप लगाउने गर्छन् । विगत १८ वर्षमा भाजपा र कांग्रेस नेतृत्वको गठबन्धन सत्तामा रहँदा सीबीआईले करिब २०० विपक्षी नेताहरूविरुद्ध मुद्दा दर्ता गरेको छ ।त्यसो भए कुन दलको नेतृत्वको गठबन्धनमा कति विपक्षी नेताहरू सीबीआईको दायरामा आए ? अङ्ग्रेजी पत्रिका ‘द इन्डियन एक्सप्रेस’को अनुसन्धानमा यो कुरा बाहिर आएको छ । कंग्रेस नेतृत्वको यूपीए सरकारको पालामा सीबीआईले गरेको कुल अनुसन्धानमा ६० प्र