संसद विघटनको विरोधमा बयलगाडा जुलुस

२६ पुस, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियूले आज बयलगाडासहित प्रदर्शन गरेको छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाडासहित प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाए । प्रदर्शनमा …

सम्बन्धित सामग्री

संसद विघटनविरुद्ध सप्तरीमा पनि बयलगाडा जुलुस

२६ पुस, सप्तरी । संसद विघटन गरेको विरोधमा सप्तरीमा बयलगाडा जुलुस प्रदर्शन गरिएको छ । नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले जिल्ला सदरमुकाम राजविराजमा आइतबार बयलगाढासहित विरोध प्रदर्शन गरेका हुन् । गोरुसहितको बयलगाडामा प्रधानमन्त्रीको तस्वीर टाँसेर अनेरास्ववियूले प्रदर्शन गरेको हो । स्थानीय शिव मन्दिर प्राङ्गणबाट निस्किएर बयलगाडा जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको  थियो । ब्यलगाडा […]

ओलीलाई व्यंग्य गर्दै धनगढीमा बयलगाडा जुलुस

२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको  छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]