दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद आजदेखि सुरु हुँदै

काठमाडौं । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा दोस्रो संस्करणको प्रदेश खेलकुद आइतबारदेखि सुरु हुँदैछ । प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने २५ सय बढी खेलाडीले १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । बागमतीले यसपटक अघिल्लो संस्करणको तुलनामा ५ खेल थपेको हो । नवनिर्मित पिप्ले क्याम्पा रंगशालामा प्रदेश मुख्यमन्त्री शालीकराम जमकट्टेलले आइतबार साँझ प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । […]