भदौमा व्यक्तिगत मुद्दतीको ब्याजदर यथावत रहने, संस्थागतको घट्ने

नेपाल बैंकर्स संघले भदौमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं, ३० फागुन । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अधिकांश बैंकहरुले घटाएका छन् । २० वटा बाणिज्य बैंकमा अधिकांशले मुद्दति निपेक्षको ब्याजदर घटाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई यथावत राखेका छन् । जसमध्ये कृषि विकास बैंकले शून्य दशमलव ७७६ प्रतिशत ब्याजदर […]

मंसिर महिनाका लागि १४ वटा बाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं, ३० कात्तिक । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अधिकांश बैंकहरुले घटाएका छन् । २० वटा बाणिज्य बैंकमा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ भने अधिकांशले घटाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई यथावत राखेका छन् । माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याज […]

११ बैंकको ब्याजदर बढ्यो, ४ को घट्यो र ४ को यथावत

३२ साउन, काठमाडौं । भदौको लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा केही बैंकले भने घटाएका छन् । निक्षेपमा भद्र सहमतिको नाममा बैंकर्स संघले ब्याजदर तोक्दै आएकोमा १ साउनबाट उक्त सहमति खारेज गर्दै वाणिज्य बैंकहरुले आफैं तोक्न सुरु गरेका थिए । गत असारको तुलनामा साउनमा केही बैंकले निक्षेपको ब्याजदर घटाएका र केही बैंकले बढाएका थिए […]

पुसमा निक्षेपको ब्याजदर यथावत रहने

२७ मंसिर, काठमाडौं । बैंकहरुले पुसमा निक्षेपको ब्याजदर नचलाउने भएका छन् । नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार संघले यस्तो निर्णय गरेको हो । यससँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशतको ब्याजदरले निरन्तरता पाउने भएको हो । रेमिट्यान्स निक्षेपमा भने बचत र मुद्दति दुवैमा […]

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, ब्याजदर बढाउने संकेत

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । समीक्षामा अधिकांश नीतिगत व्यवस्था यथावत राखिएको छ । बाह्य दबाब जारी रहेकाले ब्याजदर भने बढाउने राष्ट्र बैंकले संकेत गरेको छ । आर्थिक स्थायित्वका लागि छनोटपूर्ण उपकरण प्रयोग गरिने उसले जनाएको छ । मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत […]

बैंकहरुलाई सीईओ क्लबको संदेश : प्यानिक भएर ब्याजदर नबढाउनु

बैंक वित्तीय संस्थाहरुले कात्तिक देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्। दशैं पछिको पहिलो नियमित दिनमा आज केहि बैंक, विकास बैक र फाइनान्स कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आज ब्याजदर सार्वजनिक गरेका बैक वित्तीय सँस्थाहरु मध्ये केहिले असोजको तुलनामा ब्याजको दर घटाएका छन् भने कहिले बढाएका छन्। त्यस्तै केहिले यथावत राखेका छन्। असोजको तुलनामा ब्याजदर बढ्ने अपेक्षा विपरित सानिमा बैंकले भने ब्याजदर घटाएको छ भने प्रभु बैंकले यथावत राखेको छ। यता ब्याजदर सार्वजनिक गरेका कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंकले भने बचत, मुद्दती र निक्षेपमा ब्याज झिनोले बढाएका छन्। कमर्शियल बैंकहरुले बचत, मुद्दती र कर्जाको ब्याज घटाउदै गर्दा केहि फाइनान्स कम्पनीहरुले भने ब्याजको दर बढाएका छन्। आज ब्याजदर सार्वजनिक गरेका मन्जुश्री फाइनान्स, पोखरा फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सिन्धु विकास बैंकले झिनो अंकले ब्याजको दर बढाएका छन्। प्यानिक भएर ब्याजदर नबढाउन एनबिए को संदेश कमर्शियल बैंकहरुको सीईओहरुको छाता संगठन नेपाल बैकर्स संघ, एनबिए ले आफ्ना सदस्य बैंकहरु अर्थात सबै कमर्शियल बैंकहरुलाई प्यानिक भएर ब्याजदर नबढाउन संदेश पठाएको छ। एनबिएका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले एनबिए ले आफ्ना सदस्य बैकहरुलाई प्यानिक भएर ब्याजदर नबढाउँन संदेश पठाएको बताएका छन्। 'प्यानिक भएर ब्याजदर बढाउँदैमा नयाँ पैसा आईहाल्ने होइन' उनले भने, 'भएकै पैसा खोसाखोस गर्न ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक नभएकाले प्यानिक भएर ब्याजदर नबढाउँन सबै कमर्शियल बैंकका सीईओं हरुलाई संदेश पठाएका छौँ।'त्यसो त आज नै कात्तिक देखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको सानिमा बैंकले असोजको तुलनामा बचत, मुद्दती निक्षेप र कर्जाको ब्याज घटाएको छ।

निक्षेप संकलन दर वृद्धि गरी २ प्रतिशत कायम

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ । गर्भनर महाप्रसाद अधिकारीले ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको जानकारी दिए । करिडरको तल्लो सीमामा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट बृद्धि गरी २ प्रतिशत र रिपो दरलाई ३ प्रतिशतबाट वृद्धि गरी ३.५० प्रतिशत कायम गरिएको छ ।

यस्तो छ बचत तथा मुद्दतीमा बैंकहरुले दिने ब्याजदर

केहीले बचत खातामा दिँदै आएको न्यूनतम ब्याजदर बढाएका छन् भने अधिकतमको सीमालाई यथावत राखेका छन्। त्यस्तै मुद्दती खातामा पनि बैंकहरुको ब्याजदर स्थिर प्राय छ।