अन्य दलका झण्डा र चिह्न प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवारलाई अन्य दलको चिह्न र झण्डा प्रयोग नगर्न आग्रह गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै निकालेर कतिपय उम्मेदवारले चुनावी प्रचारका क्रममा आफूले उम्मेदवारी दिएको दलबाहेक अन्य दलको झण्डा प्रयोग गरेको उजुरी परेको जानकारी दिए।यस विषयमा आयोगले ध्यानाकर्षण भएको जनाउँदै चुनावी प्रचारका क्रममा निर्वाचन आचारसंहिता प्रतिकूल झण्डा र चिह्न प्रयोग नगर्न भनेको हो। आचारसंहिताविपरीत झण्डा र चुनावी चिह्न प्रयोग तथा मतदातालाई भ्