कोपा अमेरिकापछि पहिलोपटक भिड्दै ब्राजिल र अर्जेन्टिना : कसले तोड्ला अपराजित यात्रा ?

आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान बनाइसकेको ब्राजिलले महादेशीय छनोट प्रतियोगिताअन्तर्गत बुधबार बिहान हुने खेलमा चिर प्रतिद्वन्द्वी अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दै छ। गत जुलाईमा सम्पन्न भएको कोपा अमेरिका फाइनलपछि यी दुई टोली पहिलोपटक भिड्न लागेका हुन्। ब्राजिलमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले घरेलु टोलीलाई १-० गोलले हराएर उपाधि जितेको थियो। त्योसँगै सिनियर राष्ट्रिय टोलीबाट उपाधि […]