एमाले महाधिवेशनः चन्दा नउठाउने, नारायणी नदीको किनारमा ‘भेन्यू’

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशन व्यवस्थापनको संयोजक स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन् । सर्वोच्चले नेकपा विभाजन गरेर तत्कालिन एमाले र माओवादीलाई पूरानै अवस्थामा फर्काइदिएपछि माओवादी छाडेर एमालेमै बसेका बादल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको गृहजिल्ला हो चितवन । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिवेशन आयोजना गर्न लागेको स्पष्ट छ ।‘२ सन्देश प्रवाह गर्छौँ’नेकपा एमाले चितवनको भरतपूरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले पार्टी विभाजनको पीडा, आन्तरिक र बाह्य शक्तिले एमालेलाई दिन खोजेको धक्का र विश्वासघातका बाबजुद पनि एमाले नै देशको ठूलो पार्टी र शक्ति भएको सन्देश दिईने बताएका छन् । ‘अनेकौ धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठूलो पार्टी हो । देशको नेतृत्व गर्ने एमालेले नै हो’ उनले भने, ‘महाधिवेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिनेछौँ ।’देशलाई समाजवादमा लैजाने स्पष्ट दृष्टिकोण भएको पार्टी एमाले हो भनेर जनताले ढुक्कसँग विश्वास गर्न सक्ने पार्टीका रूपमा एमालेलाई महाधिवेशनबाटै स्थापित गराउने उनको भनाई छ । नारायणी किनार सम्भावित भेन्यूमहाधिवेशनको खुलासत्र र बन्दसत्र कहाँ गर्ने भन्ने टुंगो लागिसकेको छैन । महाधिवेशनमा देशभरबाट ५ लाख नेता कार्यकर्ता सहभागी हुने भएकाले उनीहरु अट्ने स्थानको खोजी भईरहेको एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले बताए ।‘अबको एक हप्ताभित्र महाधिवेशनको खुलासत्र र बन्दसत्र गर्ने भेन्यू निर्धारण गरेर केन्द्रमा पठाउँछौँ’ उनले भने, ‘सम्भाव्य स्थलको खोजी भइरहेको छ, सकेसम्म भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ, ५ लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएकाले नारायणी किनार पनि भेन्यू हुन सक्छ ।’चन्दा नउठाउनेएमालेका सदस्य संख्या ७ लाख छ । आफ्ना कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै महाधिवेशनको आयोजना गरिने पोखरेलले जानकारी दिए ।उनले कुनैपनि व्यवसायी, उद्योगीसँग पार्टीले १० औँ महाधिवेशन आयोजना गर्नका लागि चन्दा नउठाउने पनि बताए ।‘हामी कसैसँग पनि चन्दा उठाउँदैनौँ’ उनले भने, ‘हाम्रा कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै हामीलाई महाधिवेशन आयोजना गर्न पुग्छ ।

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : बन्दसत्र सुरुअघिको चहलपहल (फोटोफिचर)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द […]

एमाले महाधिवेशन : पुलमा देखियो यस्तो भिड [तस्वीरहरू]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा–एमाले)को दसौँ महाधिवेशन भाग लिन विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरुको नारायणी नदीमाथिको पुलमा देखिएको भिड । तस्वीर : भरत केसी, रासस

एमाले महाधिवेशन : स्वयंसेवकले उठाए नारायणी नदी किनारको फोहोर [तस्वीर/भिडियो]

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ ।  महाधिवेशनको उद्घाटन शत्र नारायणी नदी किनारमा भएको थियो ।  समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले सम्बोधन गरेका थिए । उद्घाटन शत्र सकिएपछि नारायणी नदी किनारमा फालिएका पानीका बोतल, प्लाष्टिकहरूले कुरुप देखिएको थियो । अहिले स्वयंसेवकले भने ती फोहोरहरू सफा गरिरहेका छन् ।

एमाले महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा भइरहेको छ । समारोहमा सहभागी हुन देशभरबाट एमाले नेता/कार्यकर्ता चितवन पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि चितवन पुगेका छन् । हेर्नुस्, एमाले महाधिवेशन उद्घाटन समारोह :

नारायणी तीरका ७० ‘स्ट्रिट क्याफे’ बन्द गरेर महाधिवेशनमा सहभागी हुन एमालेको उर्दी

काठमाडौं: नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनारमा स्टेज बनाइएको छ। नदीका दुबैतर्फबाट महाधिवेशनलाई अवलोकन गर्न सकिने गरी व्यवस्था मिलाइएको एमाले महाधिवेशन मुल व्यवस्थापन समितले जनाएको छ। ५ लाख कार्यकर्तालाई नारायणी किनारमा उतारेर राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने एमालेको दाबी छ। महाधिवेशनमा प्रधानमान्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर…

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च

–नारायण अधिकारीनेकपा (एमाले) को आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुवात भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्साङ्कन गरिएको छ । एकसय अतिथि रहने गरि आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ ।  उनले भने, “१६ फिट अग्लो मञ्च निर्माण गर्दै छौं ।” निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुनेछ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य ,दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम,

एमाले महाधिवेशन नारायणी किनारमा, सौराहामा बन्द सत्र

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन । यसका लागि स्थानको […] The post एमाले महाधिवेशन नारायणी किनारमा, सौराहामा बन्द सत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । उनले भनिन्, “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ ।