काठमाडौँ। लोक सेवा आयोगको काठमाडौँ कार्यालयले वन सेवा, हात्तिसार समूहअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीको नायब सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयको विज्ञापन नम्बर १२०२०र०८२–८३ (खुला) अन्तर्गतको लिखित नतिजा सार्वजनिक भएको हो।
काठमाडौँ, १८ असोज । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो सङ्घर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताएका छन् । पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुमकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । “कांग्रेसको […]
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका कारण मुलुकमा निम्तिएको संकटविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा अडान लिन प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारको साथमा दृढतापूर्वक उभिने घोषणा गरेका छन्।
काठमाडौं । अस्पताल, यातायात, उद्योग तथा आपत्कालीन सेवा आवश्यकताअनुसार २४ घण्टा सञ्चालन भइरहेका बेला नागरिकको मौलिक हकसँग प्रत्यक्ष जोडिएको न्याय सेवा भने अझै परम्परागत कार्यालय समय र सरकारी बिदाको सीमामा रहनुपर्ने अवस्था छ। यही अवस्थालाई परिवर्तन गर्न इन्जिनियर किरण केसीले नेपालको न्याय प्रणालीमा ‘Open Court 365 Days’ अवधारणा अघि सारेका छन्। उनको प्रस्तावअनुसार अदालतलाई वर्षभरि […]
काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रका क्रममा आज खुलामञ्चमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले उनलाई प्रमाणपत्र प्रदान गरेका हुन् । गुल्मीको तम्घासका ९४ वर्षीय श्रेष्ठले २००७ चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद […]