निर्वाचन आयोगले साताको २ दिन मात्र पत्रकार सम्मेलन गर्ने

काठमाडौं : निर्वाचन आयोगले अब साताको दुई दिनमात्र पत्रकार सम्मेलन गर्ने जनाएको छ। आयोगले आइतबार (हिजो) देखि दैनिक पत्रकार सम्मेलन गर्ने भनेको थियो।आसन्न स्थानीय तहको चुनावसहित निर्वाचन आयोगका दैनिक गतिविधिको जानकारी दिनका लागि हिजोदेखि नियमित पत्रकार सम्मेलन गर्ने भनेको आयोगले दुई दिन नबित्दै निर्णयबाट पछि हटेको छ। आयोगका उपसचिव कमल ज्ञवालीले सोमबार एक सूचना जारी गर्दै साताको सोमबार र बिहीबार मात्र दिउँसो ४ बजे सम्मेलन गर्ने जानकारी दिएका हुन्।