नेपाटपले सुरु गर्‍यो ढल निकासमा प्रयोग हुने पाइप उत्पादन

निर्माण सामग्री उत्पादन तथा बिक्री–वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल

सम्बन्धित सामग्री

साँगा-धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रे : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररूपमा भइरहेको छ।तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो।     सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ। सूर्यविनायक-धुलिखेल-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाका इ

सडक विस्तारमा पाइप र ढल व्यवस्थापनमा समस्या

अरनिको राजमार्गको भक्तपुरदेखि काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलसम्म सडक विस्तारको कामले गति लिइरहेको छ । सडक काममा काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेल नगरपालिकामा बिछ्याइएको खानेपानीको पाइप र ढल व्यवस्थापनमा समस्या देखिएको छ ।

नेपाटपद्वारा ‘डीडब्लूसी पाइप’ उत्पादन शुरू

काठमाडौं । नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन शुरू गरेको छ । विभिन्न देशमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेशनअन्तर्गतको मनमैजु इण्डष्ट्रिज प्रालिले नेपालमै डीडब्लूसी पाइप उत्पादन शुरू गरेको हो ।  कम्पनीले हाल प्रचलित अन्तरराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मीमीदेखि १२०० मीमी गोलाइका पाइप उत्पादन गरिरहेको बताइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अघि पारित गरेको डीडब्लूसी पाइप नेपाल गुणस्तर चिह्न प्राप्तिको प्रक्रियामा रहेको समेत कम्पनीले जानकारी दिएको छ । यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाका लागि समेत डीडब्लूसी पाइप उपयुक्त हुने कम्पनीको दाबी छ ।

नेपाटपको ढल निकास प्रयोजनको लागि डीडब्लुसी पाइप उत्पादन शुरु

काठमाडौं । निर्माण सामग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने Double wall corrugated (DWC) पाइपको उत्पादन शुरु गरेको छ । भारत, चीनलगायत देशहरूमा सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेशन अन्तर्गतको नुवाकोट, पीपलटारस्थित मनमैजु ईण्डष्ट्रिज प्रालिले उक्त पाइपको उत्पादन शुरु गरेको हो । अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा उक्त पाइप उत्पादन थालिएको कम्पनीले बताएको छ ।  भारत, चीनलगायत देशहरूमा दुई दशकभन्दा अघिदेखि कोरोगेटेड डिजाइनमा पाइप उत्पादन भइसकेको छ । ती देशहरूमा यो प्रविधि प्रचलित रहेको कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले हाल प्रचलित अन्तरराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मि.मि.देखि १२०० मि.मि. गोलाइका पाइप उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समयअगाडि पारित गरेको DWC पाइपको मापदण्ड ने.गु.नं. ५९५ चिह्न प्राप्तिको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।  स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछि भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ । विगतमा प्रयोगमा आइरहेको कंक्रिट ढल पाइपको तुलनामा यो जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो रहेको कम्पनीको भनाइ छ । सामान्यतया जडानपश्चात मर्मत सम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनोट रिङ्ग आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताका कारण यो उपभोक्ताहरूको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।  यो उत्पादन साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजनालगायतका उत्कृष्ट हुने कम्पनीको भनाइ छ ।

‘डीडब्लूसी’ पाइप उत्पादन सुरु

विभिन्न निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन सुरु गरेको छ । भारत, चीन लगायतका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्तर्गतको मनमैजु इण्डष्ट्रिजले अत्याधुनिक प्रविधिसहितको मेशिनरी आयात गरी नेपालमा उत्पादन सुरु गरेको […]

दिक्तेल–दुम्ली सडकखण्ड: बीच सडकमै ढल फुट्दा आवतजावतमा समस्या

सडकको भित्तामा निर्माण गरिएको ढलमा ठेकेदार कम्पनीले फाइदा कमाउने उद्देश्यले पोलेथिन पाइप प्रयोग गरेको पाइएको छ। दुई वर्षअघि ढलान गरिएको उक्त सडक खण्डको विभिन्न ठाउँमा बिच्छ्याइएको रड निस्किएर जोखिमयुक्त क्षेत्र बनेको छ।...

मनोवृत्ति

मलामी जाँदा घाटमा नुहाएर चोखिन खोज्यो। पानी फोहोर देखेर नुहाउन सकेन। ‘दूषित नदी’ भन्दै घर आई चोखियो। त्यतिबेला उसको घरको शौचालयको पाइप सोझै ढलमा जोड्ने काम भइरहेको थियो र ढल खोलासम्म पुर्‍याइएको थियो।...

बानेश्वरको बीच सडकमै खाल्टो

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनका अनुसार ५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।...

घरका साना-ठूला समस्या समाधान गरिदिने 'औजार'

आफू घरमा नभएका बेला पानीको पाइप फुटेर ट्यांकी रित्तियो। अब के गर्ने? वा ढल जाम भएर शौचालय जानै नमिल्ने भयो। भन्ने बित्तिकै कसलाई बोलाउने?

सडक विस्तारमा खानेपानीको पाइप र ढल व्यवस्थापन चुनौती

अरनिको राजमार्ग विस्तार गर्ने क्रममा बनेपा र धुलिखेल नगरपालिका क्षेत्रमा खानेपानीको पाइप र ढल व्यवस्थापनले सडक विस्तारको काममा चुनौती बनेको छ। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले बिछ्याएको पाइप र ढलमा क्षति पुग्ने भएपछि सडक विस्तारको काममा चुनौती थपिएको हो।