मन्त्री रायमाझीले अर्घाखाँची पठाए स्वास्थ्य सामाग्री

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै मन्त्री रायमाझीले जिल्लावासीका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री पठाएका हुन् । वुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री रायमाझीले अक्सिजन सिलिन्डर २३ पिस, अक्सिजन कन्सनटेटर ५ पिस, भिटिम १८०० पिस, एन्जिन ४०० पिस, सर्जिकल माक्स २७०० पिस, सेनिटाइजर १५ लिटर, अक्सोमिटर ७ पिस,

सम्बन्धित सामग्री

बीएसपी नेपालद्वारा एक करोड ९० लाखको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं। बिएसपी नेपाल नामक गैरसरकारी संस्थाले देशका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई एक करोड ९० लाख रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गरेको छ। कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ती सामाग्री उपलब्ध गरिएको बीएसपीले जनाएको छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका अस्पताललाई सामाग्री उपलब्ध गरिएको हो।

रुपन्देहीको सियारी गाउँपालिकामा अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण

मैनहिया । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाउँपालिका वडा नं–२मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले मैनहिया गाउँपालिकाका जनसमुदायहरू