श्रीलंकामा परिवार नै सरकारः राष्ट्रपति, प्रधानमन्त्री, कृषिमन्त्री र अर्थमन्त्री दाजुभाई

एजेन्सी। श्रीलंकामा एक परिवारका चार दाजुभाई सरकारको महत्वपूर्ण पदमा रहेका छन्। अर्थमन्त्रीमा कान्छो भाई बासिल राजपक्षेलाई आज नियुक्त गरेपछि सरकारको महत्वपूर्ण चार पदमा दाजुभाईले कब्जा जमाएका हुन्। चार दाजुभाईमा गोटबाया राजपक्षे राष्ट्रपति, महिन्दा राजपक्षे प्रधानमन्त्री, चामाल राजपक्षे कृषिमन्त्री र बासिल राजपक्षे अर्थमन्त्री रहेका छन्। यति मात्र होइन सरकारमा राजपक्षे परिवारका अन्य तीन जना सदस्य पनि महत्पूर्ण पदमा रहेका छन्।