व्यावसायिक एकरुपता कायम गर्ने सुनचाँदी व्यवसायीको निर्णय

सुनचाँदी व्यवसायीबीच सबै खालका कारोबार र व्यावसायिक गतिविधिमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा सोेमबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो ।यो निर्णयसँगै सुनको आपूर्ति तथा बिक्रीवितरण, मूल्य निर्धारण प्रकृया, बिक्री पछिको खरिद प्रकृया, ज्याला, जर्ति तथा टोलरेन्सलगायतका विषयमा व्यवसायीबीच एकरुपता आउने बताइएको छ […]