१० अर्बको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक: शेयर भन्दा पनि 'लिक्विड', १० प्रतिशत ब्याज

नेपाल राष्ट्र बैंकले चैत्र १ गतेदेखि १० अर्बको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले चैत्र १ गतेदेखि २० गतेसम्म ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ 'क' निष्काशन गर्न लागेको हो ।यस बचतपत्रमा जो कोहि नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।  यस बचतपत्र  वार्षिक १० प्रतिशत ब्याज प्राप्त हुने छ भने ब्याज आम्दानीमा कर लाग्ने छ। ब्याज भुक्तानी हरेक ६/६ महिनामा हुने छ ।यस बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा नि:शेष भाग जाने अंकमा आवेदन दिनु पर्ने छ। यो बचतपत्र धितो राखी  बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन दिन सकिने छ। यस बचतपत्रको किसिम स्टक वा प्रमिशरी नोट हो । आवेदन दिंदा  स्टक वा प्रमिशरी नोट मध्ये आफुले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने छ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने बैंकले जनाएको छ। यो ५ बर्षे अवधिको बचतपत्र भएपनि यसलाई जुन सुकै बेला पनि बेच्न सकिन्छ । यस बारेलाई धेरैलाई जानकारी नहुन सक्छ ।  स्टक प्रमाणपत्रको हकमा बेच्नको लागि राष्ट्र बैंक मै जानु पर्ने ब्यबस्था छ । तर प्रमिशरी नोट प्रमाणपत्रको हकमा भने बेच्न चाहने र खरिद गर्न चाहनेले घर मै खरिद बिक्रि गर्न सक्छन ।  प्रमिशरी नोट प्रमाणपत्रको पछाडी हक हस्तान्तरण अर्थात नामसारीको लागि विवरण लेख्ने स्थान हुन्छ ।  त्यहि स्थानमा आफ्नो विवरण राखेर सजिलै यसलाई बेच्न सकिन्छ ।  यसरी बेच्दा जुन दिनमा बेचिएको हो , त्यस दिनसम्मको ब्याज सहित पैसा फिर्ता पाइन्छ ।  यदि बचतपत्र खरिद गरेकाहरुले यसलाई बेच्न चाह्यो तर कोहि खरिदकर्ता पाएन भने उसले बजार निर्माता अर्थात मार्केट मेकरकोमा गएर बेच्न सक्छ ।  मार्केट मेकर भनेको बैंकहरु नै हुन् । यो जुन सुकै बेला बेला बेच्न सकिन्छ, मार्केट मेकरसँग होइन म किन्दिन्न भन्ने बिकल्प नै हुदैन, उनीहरुले त्यो खरिद गर्नै पर्छ । त्यस्तै मार्केट मेकरले पनि चाहेमा जुनसुकै बेलामा त्यो राष्ट्र बैंकलाई बेच्न सक्छन् ।  त्यहि कारण यो स्टक एक्चेन्जमा कारोबार हुने शेयर भन्दा पनि लिक्विड मानिन्छ।  शेयर बेच्न खोज्दा खरिदकर्ता नपाउने सम्भावना हुन्छ, तर बचतकर्ताको हकमा खरिदकर्ता जुनसुकै बेला खरिद गर्न तयार भएर बसेको हुन्छ ।  यसरी बीच मै बेच्दा फेस भ्यालु र त्यस दिनसम्मको ब्याज बेच्नेले पाउने छ । कसरी दिने आवेदन ?इच्छुक खरीदकताले नागरिक बचतपत्र खरीद गर्नका लागि राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ। मिति २०७८ चैत्र १ गतेदेखि URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको अनलाइन आवेदन प्रक्रियाअनुसार बचतपत्रको आबेदन अनलाइन प्रणालीमार्फत भर्न सकिने व्यवस्था गरिएको छ। यसका अतिरिक्त यस बैंकको बेबसाइट www.nrb.org.np/Monetary Management बाट नागरिक बचतपत्रको आबेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने यस बैंकबाट बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरूको सहयोग लिई अनलाइन आवेदन भर्न सकिने व्यवस्था समेत गरिएको छ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बजार निर्माताहरूको सूची यस बैंकको वेबसाइट https://www.nrb.org.np मा Monetary Management वा नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया (दोस्रो संशोधन, २०७८) को अनुसूची-४ मा राखिएको छ। 

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय र राष्ट्र बैंक प्रतिस्पर्धी होइन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक प्रतिस्पर्धी नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा भएको म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक...

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्छ : गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्ने बताएका छन्। राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगकोे सहकार्यमा आयोजना गरेको आर्थिक पत्रकारका लागि...

६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ । १४ वैशाख २०१३ मा राष्ट्र बैंक स्थापना भएको थियो ।

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत आइतबार मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले यो कार्यक्रम...

राष्ट्र बैंक अगाडि व्यापारीको धर्ना

नेपालगञ्ज – नेपालगञ्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाइमा व्यापारीले राष्ट्र बैंक अगाडि एक घण्टा धर्ना दिएका हुन् । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले […]

राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको द्वन्द्वले पर्ने असर

सरकारले आफ्नो आर्थिक नीतिले डो-याउनुपर्ने अर्थतन्त्र मौद्रिक नीतिको भरमा छोडिदिँदा यसबाट अझै अर्थतन्त्रमा परेको दबाब घट्न सकेको छैन । नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । तर, पछिल्ला समय राष्ट्र बैंक तथा अर्थमन्त्रालयबीच देखिएको द्वन्द्वले सरकारको अर्थतन्त्रप्रतिको दृष्टिकोण पनि उजागर गरेको छ । अर्थमन्त्रालयले राष्ट्र बैंक चलाउन खोज्ने अनि राष्ट्र बैंकले आर्थिक नीति […]

सहकारीको अनुगमन गर्दै नेपाल राष्ट्र बैंक

ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ ।प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै स

सहकारीको अनुगमनमा राष्ट्र बैंक

काठमाडौं, माघ ९ । ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार […]

समस्याग्रस्त सहकारीको अनुगमन गर्दै राष्ट्र बैंक

ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै सडकमा आन्दोलनसमेत गर्न था...

अर्थसचिवद्धारा राष्ट्र बैंक सञ्चालकको पद तथा गोपनीयताका शपथ

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष न्यायाधीश केसीले सचिव मरासिनीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ […]