२१ वर्ष अगाडि संसदीय दलको कार्यालय प्रवेश नपाएका गगन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका छन्।उमेरले ४६ वर्ष पार गर्दै गरेका थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिइरहँदा उनले आफ्नो २१ वर्ष अगाडिको एउटा घटना स्मरण गरेका छन्। जतिबेला सिंहदरबारमा संसदीय दलको नेताको चयनका लागि सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुँदै थियो। तर, थापाले उक्त निर्वाचन हेर्नका लागि मुख्य गेटबाट प्रवेश पाएनन् तर, उनै थापा आज मूल गेटबाट प्रवेश गरेर संसदीय दलको ने