प्रदेश–७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ । प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो । निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेश सरकारले नै यस्तो सेवा दिन लागेको हो ।