मध्यावधि निर्वाचनको सम्पूर्ण कार्यतालिका रद्द

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसम्बन्धी सबै कार्यक्रमहरू रद्द गरेको छ। सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुन:स्थापना भएसँगै निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।विज्ञप्तिमा भनिएको छ , ‘सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेशबमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१