मरणासन्न हुनेगरी पिटिएका उपप्राध्यापक बैशाखीको सहारामा : अभियुक्त धरौटीमा रिहा, मुख्य योजनाकार पक्राउ नै परेनन्

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करिब पाँच सय मिटर पश्चिमतर्फ प्राध्यापक आवास गृह छन् । दक्षिण–पूर्वी

सम्बन्धित सामग्री

पललाई थुनामा पठाइँदा किन धरौटीमा रिहा भए उनका म्यानेजर ?

नाबालिगमाथि बलात्कार प्रकरणमा  तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । पलसँगै पक्राउ परेका म्यानेजर  कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीलाई भने एकलाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।जोशीमाथि  जबरजस्ती करणी सम्बन्धी कसुरको मतियारको कार्य गरेको  अभियोग पत्रमा आरोप लगाइएको थियो । मतियार भनेको कुनै पनि घटना वारदातसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न

भुपेन्द्र हत्या प्रकरणः धरौटीमा रिहा भएका तीन जना पुनःपक्राउ

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा ३ जना अभियुक्त पुनः पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतले धरौटीमा रिहा गरेका बर्दगोरिया गाउँपालिका २ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दगोरिया ठाकुरबाबा ३ गोदानका २६ वर्षीय सन...

३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त उप्रेती २ लाख धरौटीमा रिहा

पुस २३, विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाई ३६ वर्षिय रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीवार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । रमेश सुन तस्करी प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । युएई बस्दै आएका रमेश मंगलवार नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधवार अदालतमा उपस्थित गराएको थियो । सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए । उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए । गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए । २२ मंसिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । फैसलापछि हाजिर भएका तीन आरोपी सहजै धरौटी बुझाएर छुटेका हुन् । अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।  भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको थियो । जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारओटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो ।  मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करीब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

बलात्कार अभियुक्त वडाध्यक्ष धरौटीमा रिहा

भक्तपुर जिल्ला अदालतले बलात्कारका अभियुक्त वडाध्यक्षलाई ५१ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार ३३ वर्षीया महिला बलात्कारको आरोपमा माघ १० मा पक्राउ परेका रामेछाप मन्थली–१० का वडाध्यक्ष भरतबहादुर बोहोरालाई रिहा गर्ने आदेश दिएको हो । अदालतले फागुन १८ मा जाहेरवाला (पीडित) को बकपत्र तोकेको छ ।

डाका मुद्दाका मुख्य अभियुक्त कारागार चलान

सप्तरी, राजविराज । नेपाल टेलिकमको उपकरण लुटपाटमा संलग्न मुख्य अभियुक्त भनिएका सिरहाको लाहन नगरपालिका १३ निवासी राकेश यादव कारागार चलान भएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका २ स्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमद्वारा जडान गरिएको टावर उपकरण लुटपाट गरेको आरोपमा लुटिएका केही उपकरणसहित पक्राउ परेका यादवलाई बुधबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान […] The post डाका मुद्दाका मुख्य अभियुक्त कारागार चलान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

जग्गा अतिक्रमण प्रकरणमा पक्राउ परेका सामुदायिक वनका अध्यक्ष धरौटीमा रिहा

महोत्तरी - जिल्ला अदालत महोत्तरीले रम्तेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतलाई धरौटीमा रिहा गरेका छन् ।  वन कार्यालयले त्यही सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन फँडानी प्रकरणमा मुख्य अभियुक्त मानिएका राउतलाई पक्राउ गरेको थियो । गएकाे पुस दोस्रो हप्ता पक्राउ परेका उनी प्रहरी हिरासतमा थिए । न्यायाधीश दीपक खरेलको इजलासले अध्यक्ष राउतलाई आइतबार २ लाख ५० हजार रुपैयाँ धरौटी राख्न आदेश गरेका थिए । धरौटी बुझाएर अध्यक्ष राउत तारिखमा रिहा भएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जैसवालले जा...