ग्लोबल आईएमईका ग्राहकले दराजबाट सामान किन्दा ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत २१ देखि वैशाख ९ गतेसम्म लागू हुनेछ । यस योजनाको अन्त्यमा कुल सहभागीमध्ये एक जना भाग्यशाली विजेता छनाेट गरिने र छनाेट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्त...