विगतमा २ महानगर जितेको एमाले सबै महानगरमा पछाडि, ३ उपमहानगरमा स्वतन्त्रको अग्रता

२०७४ सालको स्थानीय तह निर्वाचनमा दुई महानगरमा विजयी भएको नेकपा एमाले यस पटक सबै महानगरमा पछि परेको छ। अघिल्लो पटक जितेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदबार बालेन्द्र शाह अग्रता फराकिलो बन्दै गएको छ भने विराटनगरमा काँग्रेस उम्मेदबार विजयी भइसकेका छन् । विरगन्ज महानगरपालिकामा सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका […]

सम्बन्धित सामग्री

महानगर र उपमहानगरमा स्वतन्त्रको उदय, दल कमजोर

काठमाडाैं : चुनावी परिणामहरू आइरहँदा महानगरपालिका र उपमहानगरपालिकामा भने नेकपा एमाले तुलनात्मक रुपमा कमजोर देखिएको छ। ६ महानगरमध्ये अघिल्लो पटक काठमाडौं र पोखरामा जितेको एमालेले यसपालि महानगरमा भने शून्य देखिने भएको छ।परिणाम आएका र मतगणना चलिरहेका महानगरमा एमाले कमजोर देखिएको छ।यस्तै ११ उपमहानगरमा २ वटा जितेको एमालेले एउटामा मात्र अग्रता लिएको छ। महानगर र उपमहानगरमा कांग्रेसलाई अघिल्लो चुनावको तुलनामा फाइदा पुगे पनि यो पटक स्वतन्त्र उम्मेदवारको रजगज बढेको छ।६ महानगरपालिका र ११ उपमहानगर

पाँच महानगरपालिकाको पछिल्लो परिणाम, कुनमा को अगाडि ?

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तरगत १० दिनदेखि मतगणना जारी छ। पाँच महानगरको गणना अझै पनि चलिरहेको छ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुदेखि  नै निरन्तर अग्रता बनाइरहेका छन्। यहाँ कांग्रेसले उनलाई पछ्याइरहेका छन् भने अन्य चारमा गठबन्धनका उम्मेदवार अगाडि छन्। देशका ६ महानगरपालिकामध्ये एक विराटनगरले मात्र जनप्रतिनिधि पाएको छ। विराटनगरमा महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला विजयी हुँदा उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की विजयी भइन्र   काठम

एमालेको किल्लामा नेकपा एकीकृत समाजवादीको धावा

स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा २५ वर्षपछि एमालेले आफ्नो वर्चश्व गुमाउने अवस्थामा पुगेको छ । पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयको नजिक पुगेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट पोखरा महानगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले फराकिलो अग्रता लिएका छन् ।महानगर हुनु अघि पनि साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा एमालेले नै वर्चश्व कायम गर्दै आएको थियो । ती दुवै पालिका मिलाएर बनेको पोखरा महानगरमा अघिल्लो निर्वाचनमा एमाले नै विजयी भएक

काठमाडौँ महानगर अपडेट : बालेनलाई १० हजार मतको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरमा ५८ हजार ७६ मतगणना भएको छ । प्राप्त नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार मत कटाएका छन् । उनले २२ हजार १८९ मत पाएका छन् । प्रतिस्पर्धी एमाले उम्मेदवार केशव स्थापितले भने आधा कम मत पाएका छन् । स्थापितले ११ हजार ६७१ मत पाएका छन् । काँग्रेस उम्मेदवार सिर्जना […]

भरतपुर महानगर मतगणना अपडेट : रेनुले विजय सुवेदीसँग मतान्तर बढाईन्

काठमाडौं, ३ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म १८ हजार ४७ मत गणना हुँदा मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता लिएकी छिन् । उनले ६ हजार १९ मत पाउँदा नेकपा (एमाले) का विजय सुवेदीले भने ५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन । दाहाल र सुवेदीबीच सुरुदेखि नै […]

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १४ मतले पछि परिन्

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो […]

२८२८ मत ल्याएर बालेनको अग्रता कायमै, केशव स्थापित १३९० मतले पछाडि

जेठ १, काठमाडौं । महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एक हजार ३९० मतान्तरसहित अगाडि रहेका छन् छ ।  आइतवार अपराह्न ४ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले दुई हजार ८२८ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले एक हजार ४३८ मत पाएका छन् ।  नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ३४० मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाका बिनिता मगैयाले ६७० मत प्राप्त गर्नुभएको छ । कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ ।  महानगरमा ३२ वडा रहेको छ । शनिवार बिहान ९:३० बजेदेखि मत गणना शुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करीब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्। गठबन्धनबाट महानगरको मेयरका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले ७९ मत ल्याएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार कांग्रेसका इम्तियाज आलमले ३९ मत प्राप्त गरेका छन्। एमाले–लोसपा गठबन्धनबाट एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीले ५३ र उपमेयरमा लोसपाका पुरुषोतम झाले १२ मत […]

काठमाडौं महानगरमा एमालेकै अग्रता - News of Nepal

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त …