‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ का ९ विजेताको घोषणा

काठमाडौं। सामसङ नेपालको ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफरअन्तर्गत पहिलो ९ जना विजेताको नाम घोषणा गरिएकोे छ । उनीहरूलाई टीभीएस १२५ सीसीको स्कूटर प्रदान गरिएको छ । १९ सेप्टेम्बर २०२३ देखि २ अक्टोबर २०२३ सम्म सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्ने सहभागी मध्येबाट विजेता छनोट गरिएको बताइएको छ । कम्पनीले अफर कायमै रहेको र सामसङ स्मार्टफोन वा ट्याबको खरीदमा थप १३ स्कूटर जित्ने अवसर रहेको जानकारी दिएको छ । अफर २० अक्टुबरसम्म कायम रहने बताइएको छ । उपहार मात्र नभई सामसङ उपकरणहरूद्वारा प्रदान गरिएका नवीन सुविधा र अत्याधुनिक प्रविधिको अनुभव गर्न पनि सघाउने कम्पनीको अपेक्षा छ ।