पाल्पा जिल्लामा प्रहरीले छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेको दुई अभियुक्तलाई पक्राउ गरेको छ भने एक जनालाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको छ ।जिल्ला अदालत पाल्पाबाट फैसला भई कैद तथा जरिवाना तोकिएका बगनासकाली २ का २८ वर्षका नारायण बगाले र रामपुर १० का १९ वर्षीय नारन सुनारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।गालेको सवारी ज्यान मुद्दामा एक महिना ६ दिन कैद तोकिएको छ भने सुनारलाई प