डेढ वर्षपछि खुल्यो नेपाल–भारत मैत्री बस

नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन भएको छ । कोरोना संक्रमणको महामारी सुरु भएयता उक्त बस सेवा झन्डै डेढ वर्षदेखि बन्द थियो । भारतको उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट शुक्रबार बिहान यात्रुसहित महेन्द्रनगर आइपुगेको छ । यात्रु, चालक र सहचालक सबैलाई स्वास्थ्य जाँचको मापदण्ड पूरा गरेर भित्र्याइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले बताए ।