ठूला दलको वाकओभर र मनाङेको निर्विरोध संसद यात्राको अन्तर्य

मनाङबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) को कार्यकाल विवादित त बन्यो नै स्वार्थ केन्द्रीत पनि रह्यो । उनी आफ्नो स्वार्थअनुसार कहिले एमाले, कहिले गठबन्धनको पक्षधर बने । मनाङेकै कारण २९ जेठ २०७८ मा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार ढलेको थियो ।