नेपाली सेनाको एमआई–१७ हेलिकप्टरबाट मेलम्चीमा तीन जनाको उद्दार

काठमाडौं।सिन्धुपाल्चोकको मेलम्चीले बाढीमा फसेका तीन जनाको उद्दार गरिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने,“मेलम्चीको एक होटलमा फसेका दुई जनासहित तीन जनाको उद्दार भएको छ। अब उद्दार गर्न बाँकी कोही हुनुहुन्न।” उद्दारमा सेनाको एमआई–१७ हेलिकप्टर प्रयोग भएको उनले जनाए। उद्दारमा सुरुमा २५ जना र पछि थप ३० जना सैनिक खटाइएको उनले जानकारी दिए।