काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वाम मोर्चा बनाएर चुनावमा जान छलफल भइरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई सक्षिप्त प्रतिक्रिया दिँदै खनालले वामपन्थी एकता गरेर चुनावमा जानुपर्ने तर्क गरे।
तर, सबै कम्युनिस्ट पार्टीहरु चुनावी मोर्चाका लागि तयार नभएको उनको भनाइ छ।
‘हामी यो देशका वामपन्थी र समाजवादी…