निगमले जापानको नारितामा सातामा तीन उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारितामा सातामा तीन उडान गर्ने भएको छ । निगमले आगामी मे १ तारिखदेखि काठमाडौं–नारिता गन्तव्यमा सातामा तीन उडान गर्ने भएको हो । निगमले आइतवार, मंगलवार र शुक्रवार उडान गर्ने जानकारी दिएको छ । निगमले यसअघि सो गन्तव्यमा सातामा दुई उडान गर्दै आएको थियो । जापान सरकारको नियमानुसार आइतवार र मंगलवारको उडानमा १४० यात्रु र शुक्रवारको उडानमा १२० जना यात्रु मात्र बोक्न पाइनेछ । खासगरी कोभिड महामारी समान्य भएपछि हवाई यात्रुको चाप बढेको र मागको तुलनामा सिट संख्या न्यून रहेकाले उडान संख्या थप गर्न लागिएको निगमले बताएको छ । जहाजको क्षमताभन्दा करीब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्नुपरेकाले हाल भाडादर केही महँगो भएको निगमको भनाइ छ । काठमाडौं–नारिता रूटमा करसहित बिजनेश क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार रुपैयाँ भाडादर कायम गरिएको छ । तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकट विक्री गरेको गुनासो आएकाले त्यस्तो भएको पाइए नियमानुसार कारबाही हुने पनि निगमले बताएको छ । कसैले बढी भाडा असुलेको पाइएमा यात्रुलाई प्रमाणसहित उजुरी गर्न निगमले अनुरोध गरेको छ । निगमले नारिता–काठमाडौं भने पूर्ण क्षमतामा उडान गरिरहेको छ । रासस

सम्बन्धित सामग्री

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएको थियो । यात्रुको चाप बढेपछि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान …

टरिगाउँ विमानस्थलमा अब सातामा पाँच दिन उडान

दाङको एकमात्र विमानस्थल तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ । यसअघि सातामा तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो । पछिल्लो समय आइतबार र मंगलबार पनि उडान भर्ने गरेको उनले बताइन् । हवाई […]

टरिगाउँ विमानस्थलमा सातामा ५ दिन उडान हुने

३ पुस, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ । यसअघि सातामा तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो । पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताइन् […]

सातामा दुईपटक कोलम्बो -काठमाडौँ उडान हुने

काठमाडौँ – श्रीलंकन एयरलाइन्सले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान भर्ने भएको छ। श्रीलंकन एयरलाइन्सले कोलम्बो-काठमाडौँ उडान सातामा दुईपटक गर्ने छ। उडान मंगलबारदेखि सुरु हुने छ। साताको मंगलबार र शनिबार उडान हुने जनाइएको छ। Bask in the spirituality of Kathmandu 🇳🇵. @flysrilankan now taking you from #Colombo to #Kathmandu with direct flights twice a week from 31st […]

बुद्ध एयरको पोखरा–नेपालगञ्ज रूटमा सातामा ५ उडान

बुद्ध एयरले पोखरा–नेपालगञ्ज रुटमा सातामा ५ वटा उडान गर्ने भएको छ । यसअघि सातामा ३ दिन उडान गर्ने गरी सुरु गरिएकोमा २ वटा उडान थप गरिएको हो । यसअघि सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्ने गरी शुरुवात गरिएको थियो ।पोखरा–नेपालगञ्ज रुटको एकतर्फी भाडा ४ हजार ९३५ रुपैयाँ तोकिएको छ ।बुद्ध एयरले प्रादेशिक […]

अगष्टको अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक, सातामा ६७ उडान

१८ साउन, काठमाडौं । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले सातामा १५ र हिमालय एयरलाइन्सले सातामा १३ उडान गर्ने गरि उडान तालीका तय भएको छ । यो तालिका ३१ अगष्ट २०२१ भर लागू हुने छ । सरकारले […]

भारतमा अब सातामा तीन उडान अनुमति दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौंः सरकारले भारतमा हुने हवाड उडानको संख्या बढाएको छ। कोभिड–१९ का कारण कटौती गरिएको उडान संख्या थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। अब सातामा तीन उडान हुनेगरि अनुमति दिइएको हो। यसअघि सातामा एक उडान हुने गरेको थियो। सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा तीन…

सातामा कूल ५३ अन्तरराष्ट्रिय उडान

रासस। सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ। हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान संख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) लाई पठाएको हो। क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ।

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान

काठमाडौँ । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरेको हो । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म […]

आन्तरिक उडान बन्द, भारतमा सातामा सीमित उडान हुने

कोरोना कहरका बीच भारतमा सातामा सीमित उडान हुने भएको छ । मन्त्रिपरिषद् बैठकले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपनि भारतमा भने सीमित उडान हुने भएको हो ।  एक मन्त्रीका अनुसार भारतमा कम्तीमा दुई उडान सातामा हुनेछ भने अरु देशमा हुनेछैन । यस्तै आज रातिदेखि आन्तरिक उडान पनि बन्द हुने भएका छन् ।