उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवाना तिर्न सकिने

काठमाडौँ उपत्यकाको विभिन्न सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवाना तिर्ने गरी सेवा विस्तार गरेको हो । महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गट्ठाघर, थापाथली,  मालीगाउँ र दरबारमार्गमा सेवा विस्तार गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन