विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

काठमाडौँ – ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाअन्तर्गतका ८९ सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए। “सचेतना कक्षामा बाटोमा हिँड्दा […]

सम्बन्धित सामग्री

अब भक्तपुरमै ट्राफिक सचेतना कक्षा

काठमाडौं गएर जरिवाना तिर्नुपर्ने र कक्षा लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा अब कारवाहीमा पर्ने सवारी चालकले भक्तपुरमै जरिवाना तिर्न र कक्षा लिन पाउने भएका हुन्।...

काठमाडौँका १४ हजार विद्यार्थीले सिके बाटो काट्दा ध्यान दिनुपर्ने नियम

काठमाडौँ – काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको ट्राफिक सचेतना कक्षमा १४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँका ७१ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको थियो । काठमाडौँ महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन […]

सामुदायिक विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा संचालन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताएका हुन्।...

तीव्र गतिमा सवारी चलाए कारबाही

काठमाडौं, मंसिर ११ । तपाईं काठमाडौ उपत्यकामा तीव्र गतिमा सवारीसाधन चलाउँदै हुनुहुन्छ वा चलाउने गर्नुभएको छ भने अब सावधान हुनुहोला । अब छिटो सवारीसाधन चलाउने चालकले पनि मापसे (मादक पदार्थ सेवन) र लेनक्रस उल्लङ्घन गरेजस्तै दण्ड जरिवाना बुझाउनुका साथै ट्राफिक सचेतना कक्षा लिनुपर्ने हुन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद […]

तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने

तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद […]

तीव्र गतिमा गाडी चलाउनेले १ घण्टा सचेतना कक्षा लिनुपर्ने

काठमाण्डौ – तीव्र गतिमा गाडी चलाउने चालकले अब अनिवार्यरूपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज शुक्रवार पत्रकार सम्मेलन गरी आउँदो मङ्सिर १५ गतेदेखि तीव्र गतिमा गाडी चलाउने चालकले अनिवार्यरूपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा गाडी चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने जानकारी दिनुभयो । &l...

तीव्र गतिमा सवारी चलाए सचेतना कक्षा

के तपाईंले काठमाडौं उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलंघन गर्ने तथा […]

तीव्रगतिमा सवारी चलाए एक घण्टा ट्राफिक सचेतना कक्षा

के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ? चलाउने भए होसियार १ एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ।

सुर्खेतमा मापसे सचेतना कक्षा शुरु

मंसिर ११, सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मापसे सचेतना कक्षा शुरु गरेको छ । जिल्लामा मापसे गरी सवारी चलाउनेहरुबाट दूर्घटना बढ्न थालेपछि मादक पदार्थ सेवन जाँचलाई पुनः कडाई गर्न लागिएको हो । ट्राफिकले मादक पदार्थ सेवन गरी सवारी चलाउने विरुद्ध सञ्चालन गरेको ४५ मिनेटको कक्षा गत बिहीवारदेखि शुरु भएको छ ।  सुर्खेत ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जिल्लामा ट्राफिक सचेतनासँगै मापसे चेकजाँच अभियानलाई पुनः कडाईका साथ सञ्चालन गर्न लागिएको बताए । ‘कोरोना सावधानी अपनाएर मापसे चेकजाँच गरिने र सकेसम्म मेसिनको प्रयोगलाई कम गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘आवश्यकता अनुसार मापसेलाई अस्पतालमा पुर्‍याएर चेकजाँच गरी कारबाहीको दायरामा ल्याउने छौं ।’  उनले ट्राफिक नियम विपरित कार्य गर्ने सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गर्न लागिएको रहेको जानकारी दिए । उनका अनुसार जिल्लामा २५ प्रतिशत सवारी दूर्घटना मापसे गरी सवारी चलाउनेहरुबाट भएको पाइएको छ । पछिल्लो पाँच महीना यता जिल्लाभरी भएका १४ ओटा सवारी दूर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको पछिल्लो पाँच महीनामा २०५ जनालाई मापसे कारबाही गरिएको उनको भनाइ छ ।  नियमित रुपमा मापसे चेकजाँच अभियान थालेको सुर्खेत ट्राफिकले हालसम्म करीब १०० जनालाई मापसे सचेतना कक्षा दिएको बताएको छ । मापसे सचेतना कक्षाको उद्घाटन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दूर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गराई सडक अनुशासन एवम् सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको औल्याए । उनले मादक पदार्थ सेवनकर्ताका कारण सवारी दूर्घटना वृद्धि हुँदा आर्थिक, सामाजिक तथा मानविय क्षती हुने गरेकाले यसलाई रोक्नु सबैको जवाफदेहीता रहेको बताए । ८० प्रतिशत सवारी दूर्घटना चालकको लापरवाहीले हुने गरेकाले ट्राफिकबाट मापसे कक्षा सञ्चालन गरिनु असल अभ्यासको सुरुवात भएको उनको भनाइ थियो ।  कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले कर्णाली प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सचेतना अभियानहरु सञ्चालन गर्नका लागि मन्त्रालयबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मापसे रोकथाम नियन्त्रण एवम् ट्राफिक सचेतना अभियान सुर्खेतमा मात्र सीमित नराखेर प्रदेशभर सञ्चालन गर्न सुझाव दिए । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले अधिकांश मापसे गरी सवारी चलाउनेहरु मृत्युलोक पुग्ने गरेकाले सडक दूर्घटना चौथो ‘किलर’का रुपमा रहेको बताए ।  उनले कर्णालीमा पछिल्लो पाँच महीना यता २०६ ओटा सवारी दूर्घटनामा परी १०५ जनाको मृत्यु, २०१ जना गम्भीर घाईते र १६० जना सामान्य घाईते भएको जानकारी दिए । अब प्रदेशभरी सडक दूर्घटना न्यूनीकरणका ट्राफिक सचेतनासँगै मापसे अभियानलाई कडाइका साथ लागू गरिने उनको भनाइ थियो ।