जसपा आधिकारिकता विवादको टुंगो आज

 जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका छन् । उनीहरूलाई आइतबार राति रिसोर्टमै राख्ने र सोमबार बिहानको चिया तथा खाना खा...

सम्बन्धित सामग्री

जसपा आधिकारिकता विवाद- अरू मुद्दासँगै राखेर पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जसपा आधिकारिकताबारे परेका मुद्दालाई लगाउमा राख्न आदेश दिएको छ ।  न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बुधवार जसपा आधिकारिकताको मुद्दालाई यसै प्रकृतिका मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको हो ।  उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएका थिए । सर्वोच्चमा विचाराधीन त्यस्तै प्रकृतिका मुद्दा साथ राखेर पेश गर्ने आदेश भएको अधिवक्ता कृतीनाथ शर्माले लोकान्तरलाई जानकारी दिए ।  उपेन्द्र यादव पक्षले गरेको कारवाही तथा निर्वाचन आ​य...

जसपा आधिकारिकता विवाद : महन्थ ठाकुरद्वारा दायर मुद्दामाथि सुनुवाइ हुँदै

काठमाडौं :  पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ  हुने भएको छ।नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ।  निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ।निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (ज

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा वहुमत सदस्यको हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साविकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको...

जसपा नेता रेशम चौधरीको सनाखत जेलमै गराइने

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न […]

जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा ‘हेड काउन्ट’ सुरु

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु भएको छ।  निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई शशरिर आयोगमा...

जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा 'हेड काउन्ट' सुरु

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेको छ। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिको सदस्यलाई आयोगमै बोलाएर सनाखत सुरु गरेको हो। जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखेर आआफ्नो दाबी गरिरहेका थिए। यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको थियो। संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष

निर्वाचन आयोगले जसपाको आधिकारिकता टुङ्ग्याउँदै

काठमाडौँ, ११ साउन: सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर […]

जसपाको आधिकारिकता विवाद :  निर्वाचन आयोगको इजलासमा बहस सुरु

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा भएको विवाद समाधानका लागि  निर्वाचन आयोगको इजलासमा बहस सुरु भएको छ ।   जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । तर, छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न इजलासमा सुनुवाइ सुरु गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको आधिकारिकता दाबी गर्न दुवै पक्षका कानुन व्यवसायीले बहस गर्न पाउने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी र...

विभाजनतिर जसपा : ठाकुर र यादव समूह कुन बलियो ?

२२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित भएको छ । पार्टीको ‘आधिकारिकता विवाद’ हल गर्न निर्वाचन आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार एक पक्षलाई जसपाको आधिकारिकता दिनेछ भने अर्को पक्षलाई नयाँ पार्टी दर्ता गर्ने अवसर दिनेछ । यो […]

जसपा आधिकारिकता विवाद, आज निर्वाचन अयोगले छलफल गर्दै

काठमाडौं। जसपा दुवै पक्षसँग आज निर्वाचन आयोगले छलफल गर्दैछ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलमा बोलाएको हो।सहमति नभए आफैं सुनुवाई गर्ने प्रक्रियामा प्रवेश गर्ने बताइएको छ। पदाधिकारी,केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।