नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

३० कात्तिक, चितवन । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई  जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ । लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा लामिछानेलाई ७ दिनभित्र जवाफ पठाउन पत्र दिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए […]