काबुल विमानस्थल आसपासमा आतंककारी हमलाको खतरा बढेको अमेरिका र बेलायतको चेतावनी

एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् । काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला भईरहेको सन्दर्भमा गएराती सुरक्षा चेतावनी जारी गर्दै दुवै देशले यस्तो सल्लाह दिएका हुन । अफगानिस्तान तालिवानको हातमा गएपछिका १० दिनमा ८२ हजार मानिसलाई बाहिर निकालिएको […]

सम्बन्धित सामग्री

सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले काबुल छोडे

अमेरिकी सेनाको अन्तिम सैन्य विमान काबुल विमानस्थलबाट उडान भरे लगत्तै अफगानिस्तानमा दुई दशकसम्म रहेको अमेरिकाको उपस्थिति अन्त्य भएको छ । अधिकारीहरुले सी १७ विमानले अमेरिकी राजदूतलाई लिएर मंगलबार अबेर राति अमेरिका फर्केको बताएका छन्। अमेरिकी बर्हिगमन प्रकृया अन्तगर्तको अन्तिम विमान काबुल विमानस्थल छोड्दा तालिबान लडाकूले हवाई फायरिङ गरेर उत्सव मनाएका छन् । १४ अगष्टमा तालिबान बिद्रोही काबुल प्रबेश गरेदेखि अमेरिका नेतृत्वको नेटो सेनाको बर्हिगमन प्रकृयाले तीब्रता पाएको थियो । अमेरिकाको उच्च सैन्य कमाण्डर जेन केन्नेथ म्याक्कैन्जीले अमेरिका र गठबन्धन सेनाको सहयोगमा एक लाख २३ हजार सर्वसाधारण काबुलबाट निकालिएको बताउनुभयो । दैनिक औसतमा सात हजार पाँच सय जनाले काबुल छोडेका छन् ।

ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको सम्बन्धमा अनुसन्धान हुँदैछः अमेरिका

अफगानिस्तानको राजधानी काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आफूले गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको सम्बन्धमा अनुसन्धान भइरहेको अमेरिकाले जनाएको छ । आइतबार अमेरिकी सैनिकले काबुल विमानस्थल नजिक आइतबार ड्रोन आक्रमण एकै परिवारका १० जनाको ज्यान गएको उनीहरुका आफन्तले बताएका छन् । मारिनेमा ६ जना बालबालिका रहेको बताइएको छ । सोमबार काबुल विमानस्थलमा केही रकेटहरु […]

विदेशी सैनिकहरू १ साताभित्र नहटेमा तालिबानले काबुल विमानस्थल बन्द गर्न सक्ने

अमेरिका तथा उसका साझेदारहरूका सैनिकले ३१ अगस्टको म्यादभित्र मानिसहरूलाई उद्धार गरेर लग्न नसकेमा तालिबानले बलप्रयोग गरेर काबुल विमानस्थल बन्द गराउन सक्ने बेलायतका रक्षामन्त्री बेन वालेसले बताएका छन् ।  जी७ मुलुकका नेताहरूको भर्चुअल शिखर सम्मेलनअघि बोल्दै वालेसले बेलायती नागरिक तथा बेलायती सेनासँग मिलेर काम गरेका अफगान नागरिकलाई उद्धार गर्नका लागि म्याद थपिने आशा गरेको बताए । तर उद्धारका लागि सेप्टेम्बर महिनासम्म म्याद तन्काउन सम्भव नरहेको पनि वालेसले स्वीकार गरे । अमेरिकाका राष्ट्रपति जो बाइन आफैं यसमा इच्छुक दे...

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले बताएको छ।तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए। काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार ग

काबुल विमानस्थल बाहिर गोली हानाहान

अफगानिस्तानको काबुल विमानस्थलबाहिर गोली हानाहान भएको छ । उक्त घटनामा अमेरिका नेतृत्वको नेटो सेना समेत सहभागी भएको बीबीसीले उल्लेख गरेको छ । अज्ञात बन्दूकधारी र काबुल विमानस्थल प्रबेशद्वारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच गोली हानाहान भएको बताइएको छ । घटनामा एक जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । गएको साताको सुरुवातदेखि तीब्रता पाए यता बर्हिगमनको क्रममा कम्तिमा २० जनाको मृत्यु भएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्रसित भएर अफगान छोड्नेको संख्यामा बृद्धि भएको छ ।

काबुल विमानस्थल वरिपरि ७ जनाको मृत्यु

काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।  हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र अव्यवस्थाबीच सात अफगान नागरिकले ज्यान गुमाएका छन् । मन्त्रालयका प्रवक्ताले भने, “काबुलमा भीडमा सात अफगान नागरिकहरूको ज्यान गएको छ । हामी पिडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।” संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले स