पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो - ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप लगाउनुभएको छ ।शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउने काम भएपछि आफ्नो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको बताउनुभयो । सरकार गठनका सबै विकल्प पूरा भएपछि राष्ट्रपतिले संवैधानिक रूपमै मध्यावधि चुनावको घोषणासहित प्रतिनिधि सभा...